भदौ १७ । यूएस ओपन टेनिसमा सेरेना विलियम्सले विजयी सूरुवात गरकी छिन्।
कीर्तिमानी २४ औं ग्रान्डस्लामको खोजीमा रहेकी सेरेनाले बुधबार पहिलो चरणको खेलमा अमेरिकी खेलाडी क्रिस्टी अहेनलाई ७–५ र ६–३ को सेटमा पराजित गरेकी हुन्।
उनले दुवै सेटमा सर्भिस ब्रेक लिएकी थिईन् । दुई सेटको खेलमा जित निकाल्न उनले साँढे १ घण्टाको समय लगाएकी थिईन्।
‘म साच्चिकै खुसी छु। जसरी मैले सबै अंकहरु प्राप्त गरे।’ उनले भनिन्।
‘केही फरक पर्ने छैन, मैले कसरी खेले। मलाई आफ्नो सेरेनालाई फर्काउनु थियो।’ उनले थपिन्।
उनी दोस्रो चरणमा दिदी भेनस विलियम्सलाई जोडिने छैनिन्। भेनस चेक खेलाडी कारोलिना मुचोभासंग ६–३ र ७–५ को सेटमा पराजित बनिन्।
दुई पटककी च्याम्पियन भेनस पहिलो पटक ग्रान्डस्लामको पहिलो चरणमा पराजित भएकी हुन्। एजेन्सी
Facebook Comments


























