रौतहट, भदौ १६ । रौतहटका एक युवकको सीमावर्ती भारतीय क्षेत्रमा हत्या भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रौतहटको इशनाथ नगरपालिका–७ घिउरा गाउँका ३५ वर्षीय दिनदयाल साहको गोली हानी भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुसार, सीमावर्ती भारत बिहार घोडाशहन क्षेत्रमा साहको कन्चटमा गोली हानी हत्या भएको हो।
मृतकको शव भारत मोतिहारी अस्पतालमा पोष्टमार्टमका लागि भारतीय प्रहरीको सहयोगमा लगिएको छ।
प्रहरीका अनुसार, हत्याको कारण भन्ने खुल्न सकेको छैन।
भारतीय क्षेत्रमा नेपाली नागरिकको हत्याबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबहाी गर्न पीडित परिवारले माग गरेका छन्।
Facebook Comments


























