भदौ १६। इङ्ल्याण्ड र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल आज (मंगलबार) हुदैछ।
इङ्ल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले म्यान्चेष्टरमा तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेल्न लागेको हो।
इङ्ल्याण्ड पाहुना टोली पाकिस्तानबिरुद्ध लगातार छैटौं सिरिज जित्ने कोशिश गर्नेछ। कप्तान इयान मोर्गान र डेभिड मलान प्रेरित इङ्ल्याण्डले दोस्रो टी–ट्वान्टीमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो।
मोर्गानले ६६ र मलानले ५४ रन बनाउँदै तेस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गरेका थिए।
इङ्ल्याण्डले दोस्रो टी–ट्वान्टीमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो।
पाकिस्तानका मोहम्मद हाफिजले ६९ र बाबर आजमले ५६ रन बनाएपनि टोलीको हार टार्न सकेनन्। पहिलो खेल बर्षाले प्रभावित बनेको थियो।
तीन म्याचको टी–ट्वान्टी सिरिजमा घरेलु टोली इङ्ल्याण्ड १–० ले अघि छ।
अन्तिम खेलमा जित निकाल्दै इङ्ल्याण्ड सिरिज कब्जा गर्ने दाउमा हुनेछ। पाकिस्तान सुखद नतिजा सहित सिरिज बराबरी गर्ने लक्ष्यमा हुनेछ।
सन् २०१८ मा भारतसंग सिरिज २–१ ले गुमाएपछि इङ्ल्याण्डले टी–ट्वान्टी सिरिज गुमाएका छैन।
पाकिस्तानी बलरले घरेलु टोलीका ब्याट्सम्यानमाथि दबाब बनाउन सकेका छैनन्। इङ्ल्याण्डका कप्तान मोर्गान उत्कृष्ट फर्ममा देखिएका छन्। एजेन्सी


























