भदौ १५ । इंग्ल्यान्डको महिला फुटबल टिमले जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
इंग्ल्यान्डको एफएले सोमबार महिला टिमले अक्टोबरमा जर्मनीसँग खेल्ने पक्का भएको जनाएको छ।
जर्मनीमा हुने मैत्रीपूर्ण खेल अक्टोबर २७ मा हुनेछ।
इंग्ल्यान्ड र जर्मनीबीचको खेल बन्द रंगशालामा हुने बताईएको छ।
कोरोना भाईरसको महामारीको कारण इंग्ल्यान्डको महिला टिमले गत मार्चबाट कुनैपनि खेल खेलेको छैन।
इंग्ल्यान्डले जर्मनीसँग पछिल्लो पटक गत नोभेम्बरमा खेलेको थियो।
वेल्बलीमा भएको उक्त खेलमा जर्मनीले २-१ को जित निकालेको थियो।
Facebook Comments


























