भदौ १४ । विश्व नम्बर एक नोभाक जोकोभिचले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन्।
न्युयोर्कमा शनिबार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई हराएर जोकोभिचले उपाधि जितेका हुन्।
उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १-६, ६-३ र ६-४ को सेटमा जित निकाले।
पहिलो सेट गुमाएपनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गरेका थिए।
महिलातर्फको उपाधि बेलारुसकी भिक्टोरिया अजारेन्काले जितिन्।
फाइनल नखेल्दै अजारेन्का च्याम्पियन बनेकी हुन्।
फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बनेकी हुन्।
बायाँ खुट्टाको ह्यामस्ट्रिङ चोटको कारण ओसाकाले फाइनल त्यागेकी हुन्। एजेन्सी
Facebook Comments


























