काठमाडौं, भदौ १४ । आज पनि देशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।
अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।
आज राति भने प्रदेश १ को एकाध ठाउँमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Facebook Comments


























