काठमाडौं, भदौ १३ । पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन्।
हालसम्म २० हजार ५ सय ५५ जना निको भएर घर फर्किएका छन् भने १६ हजार ५७८ संक्रिय संक्रमित छन्। ६४४५ जना होम आइसोलेसनमा छन् भने १०१४५ संस्था आइसोलेनसमा छन्।
आज ३१३ निको भएर डिस्चार्ज छन् हालसम्म ५५ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन्। आज १० हजार ९ ७१ जनाको पिसिआर परीक्षण भएको छ भने हाल ८ हजार ३५ जना क्वारेन्टाइनमा छन्।


























