भदौ १३ । कम्युनिटी शिल्ड फुटबलको फाइनल खेल आज (शनिबार) हुँदैछ।
वेम्बली स्टेडियममा हुने फाइनलमा लिभरपुल र आर्सनल भिड्ने छन्। दुई टिमबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ।
फाइनलका लागि मैदान उत्रदा दुबै टिम उपाधि जित्ने लक्ष्यमा हुनेछन्। दुबै टिम यस सिजन दोस्रो उपाधि जित्न चाहन्छ।
प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन्।
लिभरपुल प्रिमियर लिग विजेता हो। आर्सनलले एफए कप जितेको थियो। एजेन्सी
Facebook Comments


























