काठमाडौं, भदौ १२ । उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। चौधरीले आफू कोरोना संक्रमित भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका हुन्।
चौधरीले ट्वीट गर्दै शुक्रवार बिहान कोरोना परीक्षण गर्दा पोजेटिभ देखिए पनि कुनै लक्षण नदेखिएको बताएका छन्। ‘आज बिहान परीक्षण गर्दा मलाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले बताए।
चौधरीले डाक्टरको सल्लाहअनुसार आफू आइसोलेसनमा बसेको पनि बताएका छन्। उनले आफ्नो सम्पर्कमा आएकालाई कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।
Facebook Comments