काठमाडौं, भदौ १२ । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ। सुनको भाउ आज तोलाको ९६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ थियो। यस्तै हिजो तेजावी सुन प्रति तोला ९७ हजार १ सय रूपियाँमा कारोकार भएको थियो। शुक्रबार (आज) तेजावी सुनको मूल्य ९६ हजार ४ सय रूपियाँमा कारोकार भइरहेको छ।
हिजो बिहिबार चाँदीको मुल्य १ हजार ३सय ४५ मा कारोबार भएको थियो भने शुक्रबार चाँदीको मूल्य १ हजार ३ सय ४० रूपियाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























