चितवन, भदौं १२ । चितवनमा शुक्रबार थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ।
भरतपुर–१० स्थित श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको आज विहान १० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा।सन्दिप पाण्डेले जानकारी दिए।
डा. पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भेन्टिलेटरमा उपचार गर्दागर्दै बिरामीको मृत्यु भएको जनाइको छ। ती पुरुष लामोसमय देखि फोक्सोको दमको बिरामी रहेको डा.पाण्डेले जानकारी दिए। भदौं ८ गते राति भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments

























