काठमाडौं, भदौ ११ । गत आर्थिक बर्ष ०७६/७७ नेपालमादेखि रु ५ अर्ब ८४ करोड बराबरको रेमिट्यान्स बाहिरीएको छ। भारत, चीन लगायतका मुलुकबाट रोजगारीका लागि नेपालका आएका कामदारले औपचारिक माध्यमबाट सो बराबरको रेमिट्यान्स बाहिर पठाएका हुन्।
यद्यपि, अनौपचारिक माध्यमबाट बाहिरीने रकम यो भन्दा बढी भएको बताइन्छ। प्राय भारतदेखि निर्माण क्षेत्र, सुनचाँदी पसल लगायतका क्षेत्र काम गर्न कामदार आउछन्। उनीहरुले आफुले कमाएको पैसा अनौपचारिक रुपमा अर्थात् नगदमा नै लाने गर्छन्। बिशेषगरि बैंक, ठुला ठुला कम्पनीहरु तथा आयोजनाहरुमा काम गर्ने कामदारले औपचारीक माध्यमबाट पैसा पठाउछन्।
गत आवमा बाहिरीको रेमिट्यान्स अघिल्लो आवको तुलनामा कम हो। अघिल्लो आवको रु ८ अर्ब ८० करोड रेमिट्यान्स बाहिरीएको थियो।
बिशेषगरि कोरोना कै कारण विदेशी रेमिट्यान्स घटेको बताइएको छ। नेपालमा चीनबाट पनि अत्याधिक मात्रामा कामदार आउछन्। बिशेषगरि हाइड्रो आयोजनामा काम गर्न उनीहरु आएका हुन्छन्। तर, कोरोना कारण गत मंसिरदेखि चिनियाँ कामदार नेपाल आउन सकेका छैनन्। फलस्वरुप रेमिट्यान्स उतप्रवाह घटेको हो। राष्ट्र बैंककाअनुसार अहिले चिन लगायतका मुलुकमा जाने रेमिट्यान्स घटेको छ।


























