काठमाडौं, भदौ ११ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। आज राति पनि ती पाँचै प्रदेशमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।

Facebook Comments


























