भदौ ९ । इंग्लिस मिडफिल्डर जेम्स म्याडिसनले प्रिमियर लिग क्लब लेष्टर सिटीसँग नयाँ सम्झौता गरेका छन्।
अट्याकिङ मिडफिल्डर म्याडिसनले क्लबमा थप चार वर्ष रहने गरी नयाँ सम्झौता गरेका हुन्।
नयाँ सम्झौतासँगै म्याडिसन सन् २०२४ सम्म लेष्टरमा रहने छन्।
‘क्लबसँगको नयाँ सम्झौतामा म धेरै खुशी छु,’ म्याडिसनले भने, ‘लेष्टर आएपछि म हरेक कुरामा रमाइलो गरिरहेको छु।’
२३ वर्षीय म्याडिसन नर्विच सिटीबाट २०१८ मा लेष्टर आएका थिए।
इंग्ल्यान्डको राष्ट्रिय टोलीका मिडफिल्डर समेत रहेका म्याडिसनले लेष्टरका लागि ७६ खेलमा १६ गोल गरिसकेका छन्।
लेष्टर सोमबार फ्रान्सका मिडफिल्डर नाम्प्लेज मेन्डीसँग पनि नयाँ सम्झौता गरेको थियो।
२८ वर्षीय मेन्डीले क्लबमा थप दुई वर्ष रहने गरी नयाँ सम्झौता गरेका थिए। एजेन्सी
Facebook Comments


























