काठमाडौं, भदौ ९ । आज पनि सुनको मूल्य तोलामा ७ सय रुपैयाले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ७ सय निर्धारण गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य प्रतितोला १३२० रहेको महासंघले जनाएको छ।
केहि दिन यता नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरोलो लागेको छ। यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ रहेको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो।
Facebook Comments


























