काठमाडौं, भदौ ९ । नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ। क्यानले साधारणसभा भदौ मध्यतिर गर्ने भनेको थियो।
तर, कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्न थालेपछि स्थगित भएको हो।
क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणले गर्दा देशको धेरै स्थानमा लकडाउन रहेकोले तोकिएको समयमा साधारणसभा हुन नसक्ने भन्दै अर्को सूचना सार्वजनिक नभएसम्मका लागि स्थगत गरेको जनाएको छ।
यसअघि साउन ४ गतेको क्यानको कार्यसम्पादन समितिको बैठकले भदौ १५ गतेभित्रमा साधारणसभा गर्ने निर्णय गरेको थियो।
यस्तै, यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि भदौमै गर्ने भनेको साभारणसभा स्थगित गरेको थियो।
Facebook Comments


























