काठमाडौं, भदौ ३ । पछिल्लो २४ घन्टामा नेपालमा थप ६८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९३८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा हालसम्म १७ हजार ७ सय उपचारपछि निको भएका छन्।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ११८ छ भने ७ हजार ९ सय ८७ जना संस्था आइसोलेसनमा छन्। ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा छन्।
आज ११ हजार ५ सय २२ जनाको पिसिआर परीक्षण भएको छ। भने हाल १३ हजार ५ सय ७१ जना क्वारेन्टाइनमा छन्।


























