नयाँ दिल्ली, भदौ ३ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था अझ नाजुक बनेको छ।
दिल्लीस्थित आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलमा उपचार गराइरहेका मुखर्जीको अवस्था झन् खराब भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि अगष्ट १० मा शल्यक्रिया गरिएका ८४ वर्षीया मुखर्जीको सोही बेला गरिएको परीक्षणमा कोरोना भाइरसको संक्रमणसमेत पुष्टि भएको थियो।
संक्रमण भएपछि भेन्टिलेरटरमा राखेर उपचारारत मुखर्जीको फोक्सोमा पनि संक्रमण देखिएकाले अवस्था जटिल बनेको दिल्लीस्थित आर्मी अस्पतालले जनाएको छ।
Facebook Comments


























