मकवानपुर, भदौ ३ । मकवानपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति १० बजे हेटौंडा–१ जरुवाटोलस्थित आफ्नै घरमा निधन भएका ६१ वर्षीय व्यक्तिको बुधबार दिउँसो पीसीआर रिपोर्ट आउँदा कोरोना पुष्टि भएको हो।
हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा स्वाब परीक्षण गर्दा मृतकमा कोरोना संक्रमण देखिएको आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए। उनका अनुसार ती व्यक्तिमा रक्तचाप, किड्नी, हेपाटाइटिस बीको समस्या देखिएकाले थप परीक्षणका लागि काठमाडौं लैजान सोमबार स्वाब संकलन गरिएको थियो।
‘उनको शव अहिले घरमै छ।
Facebook Comments


























