अछाम, भदौ ३ । अछामको कैलाशखोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ। ११ जना अझै बेपत्ता छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार मंगलबार राति आएको बाढीमा बेपत्ता भएका ६ जनाको शव भेटिएको हो। उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए।
रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बाढीले बगाएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा बाढीमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको छ।
Facebook Comments


























