धरान, भदौ ३ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रतिष्ठानका सूचना अधिकारी डाक्टर निदेश सापकोटाका अनुसार अस्तपालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।
उनी सुनसरीको धरान–१५ की ७१ वर्षकी महिला हुन्।
उनको क्वारेन्टिन स्थालबाट स्वाब संकलन गरी साउन २३ गते कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। कोरोनाको लक्षणहरु खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनलाई वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २४ गते भर्ना गरिएको थियो।
ती महिलामा पहिलादेखि नै दम र मुटुको समस्या समेत थियो। उनको प्रतिष्ठानमा आज (भदौ ३ गते बिहान ११ बजेर १५ मिनेटमा) मृत्यु भएको डा. सापकोटाले बताए।
Facebook Comments


























