काठमाडौं । कोभिड–१९ का कारण सबै तहका विद्यार्थी पढाइबाट बञ्चित भएका छन्। गतवर्ष चैतदेखि हालसम्म पनि पठनपाठन पूण रूपमा अवरूद्ध छ भने यो समस्या अझै कति समय लम्बिन्छ भन्ने पनि एकीन छैन। जसले गर्दा लाखौँ विद्यार्थीको भविष्य अन्यौलतातर्फ धकेलिन पुगेको छ। सोमबार मात्रै सरकारले एसईईको परीक्षाफल प्रकाशित गरेको छ। तर, विद्यार्थी भने कोभिड–१९ का कारण अब कुन विषय पढ्ने भन्ने विषयमा अल्मलिरहेका छन्। कोभिड–१९ ले चुनौती दिइरहेका बेला विद्यार्थीको पठनपाठनको लागि नेपालमा पनि एउटा अनलाइन पोर्टल www.gotosams.com को सुरुवात भएको छ।
यस अनलाइन पोर्टल www.gotosams.com का माध्यमबाट एसईई र सोभन्दा माथिल्लो तहको परीक्षा उत्तीर्ण भएका विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको विषय, शैक्षिक संस्था वा भौगोलिक क्षेत्रको इच्छा अनुसारको सूचना र जानकारी लिन सक्नेछन्। भर्ना आवेदन र त्यसपछिका प्रक्रिया अबलम्बन गर्न, छात्रवृत्ति, रोजगारका अवसर र शैक्षिक संस्थाद्वारा आयोजना गरिने बिभिन्न प्राज्ञिक तथा अतिरिक्त कृयाकलाप सम्बन्धि जानकारीसमेत लिन सक्नेछन्। बाहिर हिडडुलमा लागेको प्रतिबन्ध तथा सावधानीका कारण सबै जना घरभित्रै बसिरहेको समयमा यस पोर्टलमार्फत एउटै आवेदन फारममार्फत धेरै संस्थाहरुमा आवेदन दिन सक्नेछन्।
अर्कोतर्फ www.gotosams.com अनलाइन पोर्टलको माध्यमबाट शैक्षिक संस्थाहरुले आफ्नो व्यवसायको समयोचित मुल्यांकन र उचित प्रबन्ध गर्न सक्नेछन्। आवद्ध शैक्षिक संस्थाहरुले आफ्नाे संस्थामा के कति विद्याथीले रुचि देखाएका छन् भन्ने विषयमा समेत थाहा पाउनुका साथै तिनीहरुको अवस्था तथा प्राप्तांकअनुसार आफूले उपलब्ध गराउन सक्ने सेवा सुविधाबारे व्यक्तिगतरुपमा पनि अन्तरक्रिया गर्न सकिन्छ।


























