नवलपुर । गैँडाकाेट नगरपालिकाले भित्री सडकहरुमा निषेधाज्ञा जारी गरेकाे छ। पूर्व-पश्चिम राजमार्गमा गुड्ने लामा दुरीका सवारीसाधन र अत्यावश्यक अवस्थाका सवारीबाहेक सबै बन्द गर्ने निर्णय भएकाे नगरपालिकाका मेयर छत्रराज पाैडेलले जानकारी दिए। निषेधाज्ञा जारी भएसँगै नगरपालिकाभित्र सवारीसाधन तथा सबै खालका व्यापार व्यवसाय बन्द भएका छन्। साथै नगरपालिकाले कुशेऔंसी तथा हरितालिका तीज पर्वसमेत मनाउन निषेध गरिएकाे उनले बताए। मंगलबार राति १२ बजेदेखि लागू हुने निषेधाज्ञा भदाै ७ गते राति १२ बजेसम्म जारी रहनेछ।

Facebook Comments


























