काठमाडौं, भदौ १ । कोरोना महामारीका कारण काठमाडौं उपत्यकामा मनाइने यस वर्षको इन्द्रजात्रा र कुमारी रथयात्रा स्थगित भएको छ।
येयाः जात्रा व्यवस्थापन समितिले गुथि संस्थान र जिल्ला प्रशासन कार्यालय, काठमाडौसँग छलफलपछि जात्रा स्थगित गर्ने निर्णय गरेको हो।
यसैगरी, यःसिं भक्तपुरमा लिन जाने, कुमारी, गणेश र भैरवको रथयात्रा, दागिं, बौमत र लाखेलगायतका विभिन्न नाचसहित सबै जात्रा रोकिएको छ।
केन्द्रीय मानन्धर संघले यःसिं लिन भक्तपुरमा नजाने जनाएको छ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गर्दासमेत नरोकिएको जात्रा पहिलोपटक करिब ३०० वर्षपछि कोरोना महामारीका कारण जात्रा रोकिएको जनाइएको छ।
Facebook Comments


























