सुनसरी, भदौ १ । धरानमा सोमबार एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू कन्ट्याक्ट ट्रेसिङमा फेला परेका संक्रमित हुन्।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ६ नर्स संक्रमित भएकामा उनीहरूबाट परिवारका सदस्य र अन्यमा फैलिएको पाइएको हो। ती नर्स पनि त्यहीँ भर्ना भएकी बिरामीबाट संक्रमित भएका हुन्।
नर्सहरूको सम्पर्कमा आएका परिवार सदस्यसहित ४० जनाको पीसीआर जाँच गर्दा १३ जनामा संक्रमण देखिएको मेहताले बताए। संक्रमितहरूलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले जानकारी दिए।
Facebook Comments


























