प्युठान, भदौ १ । आफ्नै २५ महिने छोरी आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका९१ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























