काठमाडौं, भदौ, १ । आज सोमबार पनि सुनको मुल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला ९८ हजार २०० रूपैयाँमा कारोबार भइरहेको जनाइएको छ।
यो आइतबारको मूल्यका तुलनामा २०० रूपैयाँ मात्रै घटेको हो। हिजो आइतबार छापावाला सुन प्रतितोला ९८ हजार ४ सय रुपैयामा कारोबार भएको थियो।
यस्तै तेजावी सुन ९७ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको छ। यसैगरी आइतबार चाँदी तोलाको १ हजार ३ सय १५ रूपैयाँ भएको छ।
Facebook Comments


























