काठमाडौं, साउन ३२ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
गत बुधबार गरिएको परिक्षणमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको एनओसीले जनाएको छ।
एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको खेलपाटीलाई बताए।
स्क्वासका प्रशिक्षकमा कोरोना देखिएपछि कर्मचारीको कोरोना परिक्षण गरेका थियौ। दुई जना भान्साका कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ।ु उनले भने।
गत बुधबार एनओसीका ८ जना कर्मचारीमा कोरोनाको परिक्षण गरिएको थियो।
कर्मचारीमै कोरोना देखिएपछि एनओसी अनिश्चित समयका लागि सिल गरिएको छ।
कोरोना संक्रमण फैलिएसंगै गत सोमबारबाट ओलम्पिकको केन्द्रिय कार्यालय बन्द गरिएको थियो।
कर्मचारीमै कोरोनाको संक्रमण पुष्टि भएपछि एनओसीका पदाधिकारीको समेत कोरोना परिक्षण गर्ने तयारी गरिएको छ।
दुई जनाको रिपोर्ट आउन बाँकी
एनओसीका थप दुई जनाको कोरोना परिक्षणको रिपोर्ट आउन बाँकी छ। महासचिव श्रेष्ठका अनुसार दुई जना कर्मचारीको पुन परिक्षण गर्नुपर्ने देखिएको छ।
यसले गर्दा थप दुई जनामा कोरोना संक्रमणको आशंका गरिएको छ।
रिपोर्ट आउन बाँकी रहेका दुवै जना एनओसी भवनमा गार्डका रुपमा कार्यरत छन्। दुवै जना श्रीमान–श्रीमती रहेका छन्।


























