पर्सा, साउन ३२ । पर्सामा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा शनिबार राति गरिएको परीक्षणमा ८ देखि ७० वर्ष उमेर समूहका ४७ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पताल प्रशासनका अनुसार संक्रमित हुनेमा १० महिलासहित ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ। संक्रमित अधिकांश पर्सा जिल्लाकै छन्। २ जना बाराका बाहेक अरू ४५ जना पर्साकै व्यक्तिहरूमा संक्रमण पुष्टि भएको हो।
नारायणी अस्पतालका डाक्टर उदनारायण सिंहका अनुसार संक्रमित हुनेमा नारायणी अस्पतालमा कार्यरत विभिन्न वार्डका ७ जना कर्मचारी पनि रहेका छन्। यस्तै एक जना पत्रकार, प्राइम फर्माका ६ जना पुरुष कर्मचारी, वयोधा अस्पतालका ३ जना कर्मचारी, नारायणी अस्पतालको आईसीयूमा अपचारारत २२ बर्षका १ जना पुरूष र ४२ वर्षका १ जना मृगौला रोगीमा पनि संक्रमण पुष्टि भएको छ।
यस्तै वीरगञ्ज महानगरपालिका १३ जना, पोखरिया नगरपालिकाका १२ जना, बहुदरमाइ नगरपालिका १ जना पुरुष तथा बाराको महागढीमाई र कलैयाका एकरएक जना पुरूषमा संक्रमण पुष्टि भएको डा।सिंहले जानकारी दिए।


























