चितवन, साउन ३१ । नारायणी नदीमा पानीको बहाव बढेपछि सतर्क रहन साइरन बजाइएको छ।
चितवनको देवघाट र नारायणगढ पुल क्षेत्रमा बाढीको बहाव उच्च भएको र त्यस क्षेत्रमा सतर्कताको तह पार गरेकोले साइरन बजाइएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
लम्जुङको बेंसिशहरमा ठूलो पानी परिरहेकोले पनि नदीमा पानीको बहाव बढ्ने भएकोले नारायणी नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको महाशाखाले जनाएको छ।
यस्तै अहिले बारा, पर्सा र रौतहटको केही ठाउँमा ठूलो पानी परिरहेकोले लालबकैया र अन्य नदीमा बाढी आउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। यसैबीच पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबको तीन दिन देशको धेरैजसो ठाउँमा पानी पर्ने मौसम पूर्वानूमान् महाशाखाले जनाएको छ।
Facebook Comments


























