काठमाडौं, साउन ३१ । सनराइज बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ सहयोग गरेको छ।
बैंकका सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री युवराज खतिवडालाई शुक्रबार उक्त रकम हस्तान्तरण गरे। उक्त रकमबाट कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकको विश्वास छ। बैंकले यसअघि देशका विभिन्न प्रदेश सरकार, स्थानीय तह र अस्पताललाई मास्क तथा सेनिटाइजर हस्तान्तरण गरिसकेको बताएको छ।
Facebook Comments


























