नवलपरासी, साउन ३० । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जिल्लाभर निषेधाज्ञा प्रशासनले जारी गरेको छ। शनिबार मध्यरातदेखि लागू हुने गरी भदौ ६ सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
कोरोना संक्रमणको संख्यामा वृद्धि आएसँगै निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञाको अवधिमा सभा, सम्मेलन, जमघट गर्न नपाइने प्रशासनले सूचित गरेको छ।
अत्यावश्यकबाहेकका सवारी साधानमा रोक लगाइएको छ। पर्वको समयमा घरमै मनाउन सर्वसाधारणलाई सूचित गरिएको छ।
Facebook Comments


























