सिन्धुपाल्चोक, साउन ३० । नेपाल सेनाले शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परि पुरिएकाहरुको उद्धार तथा खोजी जारी राखेको छ।
नेपाली सेनाका अनुसार पहिरोमा बेपत्ता भएका ३८ जनामध्ये ११ जनाको शव फेला परेको छ।
नेपाली सेनाको गोरखबक्स गणबाट सह सेनानीको कमाण्डमा खट्टिएका २५ जनाको खोज तथा उद्धार टोलीले बाँकी हराईरहेका २७ जनाको खोजी जारी राखेको छ।
आज विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थियो। उक्त स्थानमा नेपाली सेनाको हेलिकोप्टरद्वारा राहत सामग्री पुर्याएको छ।
Facebook Comments


























