काठमाडौं, साउन ३० । शुक्रबार पनि सुन र चाँदीको मुल्य बढेको छ।
शुक्रबार एकै दिन सुनको मुल्य तोलामा ८ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार सुन प्रति तोला ९८ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस अघि विहिबार सुन ९७ हजार ८ सयमा कारोबार भएको थियो। विहिबार सुन तोलामा एकै दिन २४ सयले बढेको थियो।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार १ सयमा कारोबार भइरहेको छ।
त्यस्तै शुक्रबार चाँदीको मुल्य पनि बढेको छ।
महासंघका अनुसार विहिबार चाँदी प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ३५५ मा कारोबार भइरहेको छ। विहिबार चाँदीको मुल्य एक हजार २९५ प्रति तोला रहेको थियो।
Facebook Comments


























