वीरगञ्ज, साउन २९ । पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधबार साँझ गरिएको कोरोना परीक्षणमा ७ देखि ६२ वर्ष उमेर समूहका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
१० महिलासहित ३५ जना संक्रमित भएकामा ३४ जना पर्सा र १ जना बाराका छन्। पर्साका ३४ जनामध्ये वीरगञ्ज महानगरपालिकाका ३२ जना र २ जना छिपहरमाई गाउँपालिकाका रहेको नयाराणी अस्पताल प्रशासनले जनाएको छ। बुधबारका अधिकांश संक्रमित कट्याक्ट ट्रेसिङ गर्दा फेला परेका थिए।
थप ३५ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४४ पुगेको छ।
संक्रमित हुनेमा ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा, २० जना अस्पताल सफाइकर्मी र १५ जना भारतीय नागरिक छन्।
अहिलेसम्म कोभिड-१९ को कारण पर्सामा मात्रै २२ जनाको मृत्यु भएको छ। २२ मध्ये ३ जना पर्साभन्दा बाहिरका हुन्।


























