नयाँदिल्ली, साउन २९ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। १० अगष्टका दिन दिल्लीको आर एण्ड आर अस्पतालमा भर्ना गरिएका मुखर्जीलाई अहिले भेन्टिलेटरमा राखिएको छ।
उनको मष्तिष्कमा जमेको रगत हटाउन सोमबार शल्यक्रिया गरिएको थियो। अस्पतालले विज्ञप्ति जारी गर्दै मुखर्जीको अवस्था चिन्ताजनक रहेको र भेन्टिलेटर सपोर्टमा राखिएको जनाएको छ।
मुखर्जीको स्वास्थ्य मंगलबार एक्कासी बिग्रिएको थियो। त्यसयता कुनै सुधार नदेखिएको चिकित्सकले जनाएका छन्। शल्यक्रिया गर्नुअघि गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ पनि देखिएको थियो। एजेन्सी
Facebook Comments


























