साउन २९ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा आज (बिहिबार) राति एट्लेटिको मड्रिड र आरबी लाईपजिग भिड्दैछन्।
पोर्चुगलको एस्टाडियो जोसे अल्भालेड रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।
जर्मन क्लब लाईपजिगले पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको हो। स्पेनिस क्लब भने पछिल्लो ६ बर्षमा दुई पटक च्याम्पियन्स लिगको फाईनल प्रवेश गरेको छ।
‘उनीहरुसंग दुई लेगको निकै राम्रो अनुभव छ। तर एक खेलमा जे पनि हुन सक्छ।’ लाईपजिगका म्यानेजर जुलियन नागल्सम्यानले भने।
कोरोना महामारीको कारण च्याम्पियन्स लिगको क्वार्टरफाईनलपछिको खेल सिंगल लेगमा खेलाईएको छ।
‘अवस्थाले हामी चिसो पानीमा फ्याकिएका छौ।’ उनले थपे।
खेलको विजेता टिमले फाईनल प्रवेशका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी) संग खेल्नेछ।
च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा उत्रदै गर्दा एटलान्टासंग फरवार्ड टिमो वार्नर हुने छैनन्। उनीले यसै सिजन चेल्सीसंग ५४ मिलियन पाउण्डको सम्झौता गरेका छन्।
वार्नरले यस सिजन सबै प्रतियोगितामा ३४ गोल गरेका थिए। आरबी आईपजिगले तेस्रो स्थानमा रहदै बुन्डेसलिगा अन्त्य गरेको थियो।
‘वार्नर हामीसंग छैनन्। तर कसरी सुरुवात गर्न भनेर मैले भन्न सक्दिन।’ उनले थपे।
‘तर हामीसंग खेलाडी छन्। जसले खेल्न पाएको थिएन। अब वार्नर नभएपछि उसले मौका पाउनेछ।’ उनले भने।
यता, एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले लकडाउन अघि लिभरपुलबिरुद्ध प्राप्त जितलाई बिर्सने बताए।
‘धेरै महिना बितेको छ। लिभरपुलबिरुद्ध प्राप्त जितपछि आएको उत्साह, लकडाउनको उथल पुथलका कारण केही तल झरेको छ। किनकी सय भन्दा बढी दिन हामीले क्वारेन्टिनमा बिताएका छौ।’ सिमोनले भने।
‘फेरी सुरु भएको ला लिगा टाढाको जस्तो लाग्छ। यो जित एट्लेटिको मड्रिडको ईतिहासको हिस्सा हुनेछ। यो नयाँ यात्राको सुरुवात हुनेछ।’ उनले भने।
‘म दोह¥याउन चाहन्छु, भोलिका लागि जित महत्वपूर्ण हुने छैन। यो केवल एक चिज हो, जो तपाई गर्न सक्नुहुनेछ। हामी त्यसरी खेल्नका लागि तयार छौ।’ उनले भने।
बिहिबारको खेल अघि एटलेटिकोका फरवार्ड एन्जल कोरेया र डिफेन्डर सिमी व्रसालजलाई कोरोना संक्रमण पुष्टि भएको थियो। दुवै खेलाडीलाई एकान्तवासमा राखिएको छ। दुवै खेलाडीले च्याम्पियन्स लिगका बाँकी खेल गुमाउनेछन्। एजेन्सी


























