उदयपुर, साउन २८ । घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख सहायक वन अधिकृत शिवनारायण यादवसहित ६ जना लाई पक्राउ गरेको छ।
सेवाग्राहीसँग १७ हजार घुस लिएको उजुरी पछि ररिसवत लिएको भन्ने उजुरी पछि आयोगको टोली सहितको प्रहरीले उनीहरुलाई पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारी बताए।
पक्राउ पर्नेमा शिवनारायण यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुर उदयपुरका प्रमुख ९सहायक वन अधिकृत० बिनोद कुमार साह, फोरेष्टर रमेश राई, सव– डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फोरेष्टर विशेश्वर चौधरी, वन रक्षक द्वय शैलेन्द्र झा, मनोज कुमार राउत रहेका छन्।
Facebook Comments


























