विराटनगर, साउन २८ । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपाकी सांसद कुसुम श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। स्वाब परीक्षणको रिपोर्ट आएपछि बुधबार श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको हो।
सांसद श्रेष्ठका अनुसार ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि जाँच गर्दा नतिजा कोरोना पोजेटिभ आएको बताइन्। अहिले स्वास्थ्य अवस्था सामान्य रहेको श्रेष्ठले जानकारी दिएकी छन्।
Facebook Comments


























