काठमाडौं, साउन २३ । राष्ट्रियसभाअन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै निर्विरोध निर्वाचित भएका छन्।
शुक्रबार राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध भएका हुन्। दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) सभापतिमा निर्वाचित भएको संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।
Facebook Comments


























