काठमाडौं, साउन २३ । पाटन अस्पतलामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले थप एकजना कोरोना संक्रमितको मृत्यु भएको बताए ।
डा.शर्माका अनुसार आज सुनौलीकी ४१ वर्षकी एक महिलाको मृत्यु भएको हो। ती महिलामा साउन १९ गते कोरोना पुष्टि भएको थियो। उनी पाटन अस्पतालको आइसियुमा उपचार थिइन्।
यसअघि पाटन अस्पतालमा बिहीबार राति एकजना कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको थियो।
दुबै शव अस्पतालमै रहेको डा.शर्माले बताए। दुवै जनाको शव आज बेलुकासम्म नेपाली सेनाले कोभिड १९ शब व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापन गर्ने डा शर्माको भनाइ छ।
“हाम्रो अस्पतालमा हिजो राति र आज गरी एक महिला र एकजना पुरुषको मृत्यु भयो, उहाँहरू दुवैजना कोरोना संक्रमित आइसियुमा उपचार हुनुहुन्थ्यो,” डा. शर्माले भने, “उहाँहरु दुवैको शव अहिले अस्पतालमै छ। आज बेलुका सम्ममा शव व्यवस्थापन हुन्छ होला।”

























