साउन २३ । इंग्लिस क्लब आर्सनल फरवार्ड पेरिक एम्रिक आबुमियाङसँगको नयाँ सम्झौता नजिक पुगेको छ।
३१ वर्षीय फरवार्डलाई आकर्षक तलबसहित आर्सनल नयाँ सम्झौताको नजिक पुगेको टेलिग्राफले जनाएको छ।
गोवानका फरवार्ड आबुमियाङसँग आर्सनलले तीन वर्षको नयाँ सम्झौता गर्ने समेत टेलिग्राफले जनाएको छ।
आबुमियाङसँग आर्सनलको सम्झौता ११ महिना बाँकी रहेको छ।
तर, सम्झौता नसकिदै आर्सनलले आबुमियाङसँग नयाँ सम्झौता गर्न लागेको हो।
टेलिग्राफले आबुमियाङ पनि सम्झौता नवीकरण गर्नका लागि राजी भईसकेको जनाएको छ।
सन् २०१८ मा बोरुसिया डर्टमण्डबाट आर्सनल आएका उनले ८५ प्रिमियर लिग खेलमा ५४ गोल गरेका छन्।
यस सिजन आबुमियाङले लिगमा २२ गोल गरेका थिए।
यस्तै चेल्सीलाई हराउँदै एफए कपको उपाधि जित्दा आबुमियाङले दुई गोल गरेका थिए। एजेन्सी
Facebook Comments


























