काठमाडौं, साउन २३ । साताको अन्तिम दिन नेपालमा सुनचाँदीको मूल्य आकाशिएको छ। शुक्रबार सुन तोलामा एक हजार र चाँदी ६० रुपैयाँले बढेको हो।
बिहीबार एक लाख दुई हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबार एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजावी सुन प्रतितोला एक लाख तीा हजार रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























