साउन १९ । जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने पाराओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ।
जापानले कोरोना भाईरसको कारण एक वर्ष पछि सरेको पाराओलम्पिकको नयाँ मिति सार्वजनिक गरेको हो।
अब पाराओलम्पिक सन् २०२१ को अगस्ट २४ बाट सेप्टेम्बर ५ सम्म आयोजना हुनेछ।
पाराओलम्पिकमा २२ खेलको ५ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ।
विश्व खेलकुदको कुम्भमेला ओलम्पिक सकिएपछि पाराओलम्पिक हुने गर्दछ।
आगामी वर्षको ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ। कोरोनाकै कारण सरेको टोकियो ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ।
खेलाडीले कुल ३ सय ३९ पदकका लागि प्रतिस्पर्धा गर्ने छन्। टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुनेछ।
यस अघि टोकियो ओलम्पिक यस्तै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो। तर, कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको हो। एजेन्सी


























