सिन्धुपाल्चोक, साउन १९ । सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरोमा बेपत्ता भएका ८ मध्ये ५ जनाको शव फेला परेको छ।
तर, मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। बेपत्ता तीन जनाको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका उनीहरू वीरगञ्जका प्रदिप चौरासिया, विक्रम थिङ, मानबहादुर रूम्बा, राजेन्द्र चौरासिया, सोनाम लामा, शिव बालक, सिमन घलान र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएका थिए।
एक जनाको जीवितै उद्धारपछि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। बारू साह नाम गरेका भारतीय नागरिक रहेको खुलेको छ।
Facebook Comments


























