बाँके, साउन १९ । नेपालगञ्ज उपमहानगरपालिकाका एक वडाध्यक्षसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परीक्षणमा ती वडाअध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
वडाअध्यक्षसहित उपमहानगरपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारीलाई पनि भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।
नेपालगन्ज उमहानगरपालिका १ धम्वोजीका ४७ वर्षीय वडाअध्यक्षमा ज्वरो, रुघाखोकी, श्वासप्रश्वास सम्वन्धी लक्षण देखिएको छ। अर्का ४९ बर्षका कर्मचारीमा भने लक्षण नदेखिएको फोकलपर्सन श्रेष्ठले बताए। दुवै जनालाई खजुरा क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ।
पछिल्लो २४ घण्टामा १९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ।
Facebook Comments


























