साउन १८ । अष्ट्रेलियन टेनिस खेलाडी निक किर्गियोसले युएस ओपन टेनिस नखेल्ने भएका छन्। कोरोना भाईरसको डरको कारण किर्गियोसले युएस ओपन नखेल्ने भएका हुन्।
किर्गियोसले सामाजिक संजालमा एक भिडियो पोस्ट गर्दै आफुले युएस ओपनबाट नाम फिर्ता लिएको जनाएका छन्।
‘मैले यस वर्षको युएस ओपन खेल्ने छैन। खेलकुदको ठुलो एरिनाको प्रतिस्पर्धाबाट बाहिर रहदा दुखि छु,’ ४० औं वरीयताका उनले भनेका छन्।
यस वर्षको युएस ओपन अगस्ट ३१ मा सुरु हुनेछ। प्रतियोगिता सेप्टेम्बर १३ मा सकिनेछ।
कोरोना भाईरसको कारण प्रतियोगिता दर्शकबिना खेलाईने बताईएको छ।
Facebook Comments


























