चितवन, साउन १८ । चितवन जिल्लाकै अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्क पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
झण्डै ४ महिनादेखि लकडाउनका कारण ठप्प बनेको मल आवश्यक स्वास्थ्य सर्तकता अपनाउदै पूर्ण रुपमा सञ्चालनमा आएको मल म्यानेजर उज्वल केसीले जानकारी दिए। मलका पसल कवल, फुडकोर्ट, रेस्टुरेन्ट लगायत सरकारले अनुमति दिएका सबै व्यवसाय सञ्चालनमा आएका छन्। मल व्यवस्थापनले सामाजिक दुरी, माक्स, स्यानिटाइजर, जस्ता सुरक्षा सामग्रीको पर्याप्त व्यवस्था तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरेर मल पुनः खोलेको जनाएको छ। व्यवसायीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरे÷नगरेको सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत निगरानी गरिने केसीको भनाइ छ।
मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा निःसंक्रमित गर्ने गरेको केसीले जानकारी दिए।
‘हामीले ग्राहक महानुभावहरुको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिएर कारोबार सुरु गरेका छौं,’ केसीले भने, ‘जोकोहीले पनि निर्धक्कसँग मलमा आएर आफ्नो आवश्यकता अनुसार वस्तु र सेवा लिन सक्नुहुन्छ ।’ मलका पसल कवल, फुडकोर्ट, रेस्टुरेन्ट लगायत सरकारले अनुमति दिएका सबै व्यवसाय सञ्चालनमा आएका छन् ।
मुलुकका प्रतिष्ठित व्यवसायी तथा सांसद विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुप अन्तर्गतको उक्त मलले सांसद चौधरीकै निर्देशनमा त्यहाँका व्यवसायीलाई लकडाउन अवधिभरको कवल भाडा छुट दिएको थियो ।


























