चितवन, साउन १८ । होम क्वारेन्टिनमै मृत्यु भएका चितवनका एक वृद्धको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ।
आज भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा कालिका नगरपालिका–८ का ६९ वर्षीय पुरुषको रिपोर्ट ‘नेगेटिभ’ आएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्। शुक्रबार दिउँसो साढे १२ बजे निधन भएका वृद्धको शव भरतपुर अस्पतालको शव गृहमा रहेको छ। घरमै रहेको बेलामा निधन भएपछि उनको शुक्रबार नै स्वाब निकालिएको थियो। हिजो (शनिबार) भएकाले आज मात्रै स्वाब परीक्षण गरिएको थियो।
मृतक वृद्ध यही साउन ८ गते भारतबाट नेपाल आएका थिए। यस्तै आज भरतपुरमा चितवनका ११८ जनाको कोरोना परीक्षण गरिएको थियो। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डा.अधिकारीले जानकारी दिइन्।
Facebook Comments


























