काठमाडौं, साउन १६ । प्रहरीले साढे १४ केजी चाँदी र आधाकिलो सुनको बारेमा सुराकी दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सुराकी उमेश श्रेष्ठलाई पक्राउ गरको हो।
श्रेष्ठले दिएको सुराकीका आधारमा मंगलबार डिएसपी रञ्जन दाहाल नेतृत्वको टोलीले गरेको ‘सुन अप्रेशन’ विवादित भएको छ।
प्रहरीका अनुसार, अहिले श्रेष्ठलाई महानगरीय प्रहरी वृत दरबारमार्गको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।
Facebook Comments


























